+

मन्त्रीहरुको पहिलो वरियतामा अर्थमन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार गरिएको छ । 


राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बिहान शीतल निवासमा नवनियुक्त तीनजना मन्त्रीहरूलाई शपथ गराउनु भएको छ । 

नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ । पहिलो नम्बरमा अर्थमन्त्री  दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ रहनु भएको छ ।  गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई तेस्रोमा वरीयतामा राखिएको छ 

प्रधानमन्त्री कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गर्नु भएको हो ।  तीनै जना मन्त्रीले सोमबार शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै