
काठमाडौंँ । सुशीला कार्की प्रधानमन्त्री बनेको तीन दिन नपुग्दै उहाँको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरिएको छ ।
सुदन गुरुङ समूहले नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको हो ।
गुरुङ समूहले मन्त्री छनोटको विषयलाई लिएर आइतबार राति प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री कार्कीको राजीनामासमेत माग गरेका छन् ।
पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री बनाउने तयारी गरिएको छ । गुरुङ समूहले अर्यालको नामप्रति असन्तुष्टि जनाएको छ ।
उनीहरूले आफूहरूले शुरु गरेको आन्दोलनको अरुले ‘हाइज्याक’ गरेर मन्त्री बन्ने तयारी गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन