
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले पहिलो चरणमा कलुमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिएका छन् ।
खनाल अर्थमन्त्री बन्नुभएको छ । । त्यस्तै कुलमान घिसिङलाई उर्जा, भौतिक योजना र शहरी विकास र ओमप्रकाशलाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि बस्न नमिल्ने अवस्थामा पुगेको शीतल निवासको खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन