
रुकुम । रुकुमपश्चिमका सामुदायिक वनमा यस वर्ष ७२ हजार ४ सय १८ बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार २ सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभएको छ । उहाँका अनुसार सबैभन्दा बढी ४३ हजार ५ सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।
सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताउनुभयो । बिरुवा तथा अन्य सामग्री खरिदमा २० लाख खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन