+

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

काभ्रे ।  खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।


गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षीय आयुष्मा ब्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयसम्म बेथा लागेको तथा दिसा पिसाब रोकिएका कारण आयुष्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनको खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित प्रसूति गृह थापाथलीमा ल्याइएको हो । 

थिङले डाँडापारि क्षेत्रमा अस्पताल नभएको स्वास्थ्य चौकीमा उपकरण अभावकै कारण उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायात बापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट