
जुम्ला । उच्च अदालत सुर्खेत , जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८० र ०८१ मा हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरिएको हो ।
मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा मुद्दा जिम्मेवारी सरी आएकासहित कूल जम्मा २ सय ७९ वटा मुद्दा फछ्यौट भएका छन् । अदालतमा २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको मुख्य न्यायाधीश डाँगीले बताउनुभयो ।
उच्च अदालत जुम्लामा दुई इजलास छन् । पुराना मुद्दाको सङ्ख्यालाई शून्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायाधीश डाँगीले बताउनुभयो । अदालतका अनुसार देवानीतर्फ २५ वटा मुद्दामध्ये २३ वटा फछ्यौट भएका छन् । साथै सरकारवादी फौजदारी मुद्दातर्फ दुई सय २५ वटा मुद्दा दर्ता भएकामा हालसम्म २ सय ८ वटा मुद्दा फछ्यौट भएका छन् भने १७ वटा मुद्दाको फैसला हुन बाँकी छ ।
रिट २८ वटा परेकामा २१ वटा फछ्यौट हुँदा अझै सातवटा निवेदनको सुनुवाइ हुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका सूचना अधिकारी टङ्कप्रसाद खत्रीले जानकारी दिनुभएको छ । अदालतका अनुसार कर्तव्य ज्यानका २४ वटा मुद्दामध्ये २२, जबर्जस्ती करणीका ७१ मध्ये ६९ वटा, जातीय विभेद तथा छुवाछूतका दुईमध्ये २ वटा, लागुऔषधका २२ मध्ये १९, चोरीका २२ मध्ये १५, बहुविवाह र बालविवाहका १२ मध्ये ११ मुद्दा छिनाफाना भएका छन् ।
सम्बन्धविच्छेदका ६ मुद्दामध्ये पाँचवटा, अंश र जग्गाका १० मध्ये १० वटै फछ्यौट भइसकेका छन् । सवारी ज्यानतर्फ १३ मध्ये १२, उत्प्रेषण, परमादेश २५ मध्ये १९, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाको २५ वटै मुद्दा फछ्यौट भएका छन् । निषेधाज्ञाका तीनमध्ये दुई र अन्य ४४ वटा मुद्दामध्ये ४२ वटा मुद्दा फछ्यौट भएको अदालतले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन