
सुर्खेत । आर्थिक वर्ष २०८०र८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत २ करोड ५६ लाख रुपैयाँ वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।
डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्याएको क्षतिको मूल्याङ्कन गरेर राहत स्वरुप रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उहाँले बताउनुभएको छ ।
राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाँकी समयको भुक्तानी असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।
प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट ३ करोड रुपैयाँ को हाराहारीमा राजस्व सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन