
जुम्ला । जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् ।
महालेखापरीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका स्थानीय तहको सडक निर्माणको अवस्था कमजोर देखिएको हो । तिला गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत चार सडक र एक ग्राभेल सडक मात्र निर्माण गरेको छ । तिला गाउँपालिकाले सडक कालोपत्र र मर्मत नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सिञ्जा गाउँपालिकाले दुई दशमलव पाँच प्रतिशत मात्रै सडक ग्राभेल गरेको छ । तातोपानी गाउँपालिकाले सडक ग्राभेल पाँच सय ६० मिटर र चन्दननाथ नगरपालिकाले दुईवटा सडक कालोपत्र र एकवटा सडक ग्राभेल गरेको छ ।
हिमा, पातारासी, कनकासुन्दरी र गुठीचौर गाउँपालिकाले पूर्वाधार विकास सडक निर्माणअन्तर्गत सडक कालोपत्र, सडक मर्मत र सडक ग्राभेल नगरेको प्रतिवेदनमा भनिएको छ ।
सङ्घीय र प्रदेश सरकारबाट सीमित बजेट स्थानीय तहमा प्राप्त हुँदा पालिकाले सोचेअनुरूप पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्र र ग्राभेल गर्न नसकेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभएको छ । पालिकाले विभिन्न ग्रामीण भेगसम्म सडक जोडेका छन्, तर स्तरोन्नति हुन सकेका छैनन् ।
तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा अझै सडक पुग्न सकेको छैन । यी वडा पालिकाको सबैभन्दा विकट हुन् । भौगोलिक विकटताकै कारण यहाँ सडक पुर्याउन करोडौँ बजेट लाग्ने अनुमान गरिएको छ । पटकपटक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग माग गरे पनि सम्बोधन नगरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन