
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारउन्मुख बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर परिवर्तन गरे पनि त्यही अनुसार काम हुने स्थिति हुन सकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नु्भयो– ‘यस अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपमा परिवर्तन गर्न दिशानिर्देश गर्ने खाल्को नीति तथा कार्यक्रम आउनुपर्छ । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने खालको बजेट बिनियोजन आवश्यक छ ।’
उहाँले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन र उपभोगका लागि राजनीतिक नेतृत्वबाट धेरै काम हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । ‘हामीले शहीदहरुको सपना पूरा गर्न कति काम गर्यौ ?’ सांसद भुसालले भन्नुभयो– ‘राजनीतिक व्यवस्था परिवर्तनका निम्ति लडेका, ती सहिदहरुसँगसँगै लडेका हामी कोही सरकारमा छौँ कोही प्रतिपक्षमा छौ । पछिल्लो २० वर्षमा संविधान त बनायौ तर यसमा भएका व्यवस्थाको कार्यान्वयनका लागि हामीले कति काम गर्यौ ?’
उहाँले संविधानले समाजवादतर्फ उन्मुख बनाउन निर्देशित गरेअनुसार काम हुन नसकेको धारणा राख्नुभयो । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन एवं रुपान्तरण क्षेत्रमा काम गर्न नसकेका कारणले उठेका प्रश्नहरुले सिंगो व्यवस्थाप्रति प्रश्न उठेको उहाँको भनाइ छ ।
सांसद भुसालले भन्नुभयो– ‘यस अवधिसँग तुलना गर्ने हो भने सन्तुष्ट हुने हो कि हैन भन्ने प्रश्न पनि गर्न चाहन्छु । सत्तापक्षमा हुँदा गरेका छौँ भन्छौ र प्रतिपक्षमा जाँदा किन भएन भनेर प्रश्न गर्छौ । यसका लागि हामी सबै जिम्मेवार छौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने