
काठमाडौँ । काठमाडौँको गोंगबुबाट एक व्यक्ति स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ घरमा लुकाइएको अवस्थामा पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ स्रोत नखुलेको ३ करोड ७५ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले श्रेष्ठलाई उल्लेखित रकमसहित पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको छ भन्ने सूचना पाएर छापामार्दा उनलाई उल्लेखित रकमसहित पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताउनु भएको छ । त्यो रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
श्रेष्ठको घरबाट सुनका गरगहना समेत बरामद गरिएको छ । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने