+

दार्चुलाको तिंकर गाउँमा सञ्चार विच्छेद

दार्चुला ।  दुर्गम जिल्ला दार्चुलाको पनि विकट गाउँ तिंकरमा सञ्चार विच्छेद भएको छ ।


चीनको सीमा नजिकको  तिंकरमा तीन सातादेखि सञ्चार विच्छेद भएको हो । गत साउन २८ गते आएको बाढीपछि तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो । 

तिंकर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो । फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिंकरीले बताए। गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको वर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए। 

व्यास गाउँपालिका–१ को तिंकरमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए । व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने,’गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ ।’

यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट