+

रास्वपाबाट उम्मेदवार प्रस्तावित थापाले देखाए सम्बन्ध बिच्छेद कागज

काठमाडौँ । रास्वपाका उम्मेदवारमा प्रस्तावित डा लेखजंग थापाले बहुविवाहबारे विवादमा तानिएपछि पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद भइसकेको कागजात देखाएका छन् । 


रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारमा प्रस्तावित थापाले बहुविवाह गरकै कारण अहिले सर्वत्र आलोचना खेप्नु परेको छ । दुइवटा पत्नी रहेको भन्दै सबैतिरबाट आलोचना हुन थालेपछि थापाले सामाजिक सञ्जालमार्फत २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा पहिलो .पत्नीसँग सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको अदालती कागज सार्वजनिक गरेका हुन् । 

डा थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि  बहुविवाहबारे विवादित बनेका हुन् । थापाले फेसबुकमार्फत अदालती कागज सार्वजनिक लेखेका छन्– परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी पत्नीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रकृयाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो पत्नीसँग डिभोर्स गरिसकेको पाइएको स्पष्ट पार्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट