
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उहाँले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताउनुभयो । ‘विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्’ सांसद शर्माले भन्नुभयो– ‘कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नेगरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच र शक्तिका आधारमा विनियोजन गरिनुहुन्न ।’
स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवामा बजेट केन्द्रित गरिनुपर्छ भन्दै उहाँले संविधान अनुरुप समावेशी, सङ्घीयता, लोकतानित्रक शासन व्यवस्थाको सुदृढीकरणका लागि बजेटलाई केन्द्रित गरिनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रण र राज्यका हरेक निकायमा सुशासन प्रवर्द्धन गर्नेगरी आगामी आवको नीति तथा कार्यक्रम हुनुपर्ने उहाँको भनाइ छ ।
सरकारले बजेट र नीति कार्यक्रमबारे समयमै छलफलको थालनी गर्नु सकारात्मक पक्षको शुरुवात भएको भएको उल्लेख गर्दै उहाँले मुलुकमा लगानी सम्मेलन सम्पन्न, राजश्व संकलन प्रभावकारी भइरहेकाले अर्थतन्त्रलाई सवल बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद शर्माले राष्ट्रियसभा मेलमिलाप र सहकार्यको थलोका रुपमा स्थापित भएको भन्दै यसलाई त्यही अनुरुप निरन्तरता दिइनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले राष्ट्रियसभालाई फरक ढङ्गले परिचालयन गर्न सबै नेताहरु गम्भीर भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । संक्रमणकालीन न्याय व्यक्तिको विषय मात्र नभई राष्ट्रको साझा मद्धा भएकाले यसलाई निचोडमा पुर्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने