
प्रकाश बराल ‘आँशु’
कालीकोट । जिल्ला सदरमुकाम मान्म बजारमा खानेपानी समस्या बढ्दै गएको छ। यहाँका स्थानीयले केही साता यता खानेपानीको समस्या झेल्दै आएका छन्।
जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ। मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै जाँदा मान्ममा बसोबास गर्नेहरु खानेपानी जिम्मा लिएको खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला लगाउने भने खाँडाचक्र नगरपालिकामा रित्तो गाग्री प्रदर्शन गर्ने र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भइरहेको बताउँछन् ।
ताला लागाउने र ध्यानाकर्षण पत्र बुझाउने काम दुई वर्ष पहिले नै गरेको र पत्रपश्चात् प्रमुख जिल्ला अधिकारीले तत्काल सर्वपक्षीय बैठक बोलाएर खानेपानी समस्या समाधान समिति पनि गठन गरिएको थियो । खानेपानी प्रयाप्त भए पनि सम्बन्धित निकायले खानेपानीको मुहान मर्मतदेखि पाइप लाइन विस्तारमा चासो नदेखाउँदा खानेपानीको समस्या भएको स्थानीयको गुनासो रहेको छ।
खानेपानी मर्मत तथा सरसफाइका नाममा खाँडाचक्र नगरपालिकाले ४ जना र खानेपानीले नै ४ जना गरि ८ जना कर्मचारी समेत राखिएका छन् ।
शिविरमा पानी बोकेरै जोहो
जिल्लामा रहेको आँखा उपचार केन्द्रले केही दिनअघि मान्ममा शिविरको आयोजना गर्यो। शिविरमा उपचार गर्न आएका जिल्ला र जिल्ला आसपासका नागरिकले मान्ममा खानेपानीको समस्या झेल्नुपर्यो। आँखाका बिरामीलाई पिउने पानीको व्यवस्था गर्न सदरमुकाम मान्मभन्दा करिब २ किलोमिटर पर ओखढेनीबाट २ जना भरियामार्फत पानी ल्याएर पियाउनु पर्ने बाध्यता रह्यो । पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भयो। सदरमुकाम आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो बजार नै रहेको स्थानीय व्यापारीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन