
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अविरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।
प्रकृतिको प्राकृतिक प्रकोप आएमा सर्वसाधारणलाई राहत होस् भन्ने उद्देश्यले वडाका सबै घरधुरीको घर बीमा गरेको वडाध्यक्ष तीर्थ वडले जानकारी दिनुभएको छ।
कर्णाली प्रदेश समानीकरण अनुदानको बजेटबाट वडाले दुई लाख ५० हजार रुपैयाँ घर बीमाका लागि विनियोजन गरिएको थियो । ‘प्रतिघर तीन लाखका दरले शिखर बीमा कम्पनीसँग सम्झौता गरी घर बीमा गरिएको छ’ वडाध्यक्ष वडले भन्नुभयो– ‘अब बाढी–पहिरो, वर्षा र प्राकृतिक प्रकोपले घरमा क्षति गरेमा बीमा कम्पनीबाट सो बराबरको रकम सर्वसाधारणले पाउँछन् ।’
त्यही वडाले विपन्न बालबालिकाको स्वास्थ्य बीमा गर्न ५० हजार रुपैयाँ विनियोजन गरेको छ । वडाभित्रका अति गरिब र विपन्न बालबालिकाको स्वास्थ्य बीमा वडाले गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन