
कालीकोट । युवा अभियन्ता राजेन्द्र अधिकारीलाई आईकन अफ कर्णाली अवार्ड २०२४– बाट सम्मान गरिएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका ४ मा जन्मिएका युवा अभियन्ता अधिकारीलाई कर्णाली प्रदेश सरकार , सामाजिक विकास मन्त्रालय र नेपाल युवा परिषद्ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
अधिकारी युवा सशक्तिकरण ,नेतृत्व विकास ,परिचालन र उत्प्रेरणा मार्फत युवामैत्री स्थानीय शासन र सामाजिक रुपान्तरणमा ६ वर्षदेखि सक्रिय हुँदै आउनुभएको छ । अधिकारीले २०७४ साल देखि ‘ड्रिम बिग प्रोजेक्ट’ नामक रुचि ,जुनून र सफलता सँग सम्बन्धित अभियान संचालन गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘युवाले उसको रुचि र खुवी भएको क्षेत्रमा मन लगाएर काम गरिदियो भने भविष्यमा देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पक्कै फाइदा हुनेछ ।’
अभियानकै क्रममा विभिन्न कार्यक्रम ,सभा ,भेला ,गोष्ठी ,सेमिनार ,विद्यायालय , क्याम्पस ,विश्वविद्यालय इत्यादि स्थानमा अधिकारी हालसम्म कर्णाली प्रदेशका करिव आठ हजार युवासम्म आफू पुगेको बताउनुहुन्छ ।
अधिकारी राष्ट्रिय युवा परिषद्का प्रशिक्षक समेत हुनुहुन्छ । नमूना संसद अभ्यास कार्यक्रम (स्थानीय तह) प्रशिक्षणकै क्रममा उहाँ हालसम्म कर्णाली प्रदेशका १३ वटा पालिकामा पुगिसक्नु भएको छ । ७७ वटा वडा स्तरीय युवा क्लब गठन र १३ पालिका स्तरीय युवा क्लब संजाल गठनमा सहजीकरण ,सहकार्य र समन्वय गरेको उहाँ बताउनुहुन्छ ।
अधिकारी कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्ये हालसालै गठन भएको प्रदेशकै पहिलो स्थानीय युवा परिषद् ,दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ,गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष र प्रदेश युवा क्लब सञ्जाल ,कर्णाली प्रदेशका निवर्तमान इन्चार्ज समेत हुनुहुन्छ ।
कार्यक्रममा राजेन्द्र अधिकारीसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका टीकाराम चपाई , नन्दा बस्याल, ज्योति कटुवाल, अनिल बानियाँ, उपेन्द्रप्रसाद न्यौपाने, शर्मिला बिसी र राजेन्द्र विष्टलाई पनि सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन