
नवलपपुर । यातायात व्यवस्था कार्यालय नवलपुरले चालु आर्थिक वर्षको ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्ता लगायत विभिन्न शीर्षकमा उल्लेखित राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो ।
‘यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत चार करोड ९ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व सङ्कलन भएको छ’ उहाँले भन्नुभयो ।
यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनुभयो । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र ४ करोड ८० लाख २५ हजार ६ सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
‘प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो’ उहाँले भन्नुभयो– ‘यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।’
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उहाँले जनकारी दिनुभएको छ ।
‘सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयो– ‘कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’
गत आव २०८०/८१ मा यातायात व्यवस्था कार्यालयले ३० करोड ३५ लाख ५३ हजार ९ सय ५३ रुपैयाँ सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने