
काठमाडौँ । पछिल्ला पाँच कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकको सुधार देखिएको छ ।
नेप्से परिसूचक मंगलबार ६ दशमलव ५४ अंकले बढेर २ हजार ६८३ दशमलव ८६ को विन्दुमा अडिएको छ । आज २ सय ९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता शेयर, ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
विकास बैङ्क समूह दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य एक र म्युचुअल फन्ड शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव २०, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४७, जीवन बीमा शून्य दशमलव शून्य आठ, लघुवित्त शून्य दशमलव शून्य चार, निर्जीवन बीमा शून्य दशमलव ४३, व्यापार एक दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको ३६ करोड ८१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सङ्ख्याका आधारमा भने एनआइसी एशिया ग्रोथ फन्डको सबैभन्दा धेरै सात लाख १२ हजार १ सय कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने