
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ ।
ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उहाँको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उहाँले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उहाँको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ ।
उहाँले भन्नुभयो– ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिक रुपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ ।’
गर्मीयामका बेलामा एक लाख रुपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उहाँको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आउनुभएको छ । उहाँले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताउनुभयो ।
दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० रुपैयाँ लिने गरेको उहाँको भनाइ छ । दैनिक रुपमा चार हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँ सम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताउनुभयो ।
सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उहाँले बताउनुभयो । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उहाँले बताउनुभयो ।
एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार रुपैयाँ आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने