
कर्णाली । ‘नेपालको पर्यावरणीय कृषिको मार्गचित्रसम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यशाला’ सम्पन्न भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनमा भएको कार्यशालामा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि मुलुकमा ‘पर्यावरणीय कृषि’ अपरिहार्य भएको बताउनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले यहाँका परम्परागत कृषि बालीको ‘प्याटेन्ट राइट’ हुनुपर्नेमा जोड दिँदै कर्णालीले विश्वलाई सिकाउने गरी प्राङ्गारिक कृषि उत्पादन र आत्मनिर्भरता आवश्यक छ भन्नुभयो ।
कार्यशालामा सङ्घ, प्रदेश र स्थानीय नीतिमा एकरुपता हुनुपर्ने, नीतिसँग कार्यक्रम र त्यसको कार्यान्वयन, बढ्दो युवा पलायन रोक्न युवामैत्री कृषि नीति, जमिनको वर्गीकरण, स्थानीय बालीको प्रवर्द्धन, बजारीकरण, रासायनिक मल आयातमा निरुत्साहन, एकीकृत पशुपालनबारे गहन छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन