
जुम्ला । सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले दातृ निकायको सहयोगमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ ।
दातृ निकायको ३ करोड ५० लाख ३ सय ८६ रुपैयाँ सहयोगमा ५ वटा विद्यालय भवन निर्माण गरिएको हो । हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चारकोठे भवन, अपाङ्गमैत्री संरचना, पिउने पानी तथा हातधुने धारा निर्माण गरिएको दातृ निकाय पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभएको छ ।
सिंजा गाउँपालिकाको श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा चारकोठे विद्यालय भवन, अपाङ्गमैत्री संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेश नेपालको साझेदारीका आधारमा विद्यालय भवन, शौचालय, पिउने पानी र हातधुने धारा निर्माण गरिएको न्यौपानेको भनाइ छ । ‘निर्माण गरिएका संरचना भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गता र बालमैत्री छन्’ उहाँले भन्नुभयो ।
सबै भौतिक संरचना निर्माणपश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा उद्घाटन भई असोज पहिलो साता सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिनुभएको छ ।
प्लान नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले आवश्यकतामा आधारित रहेर गुणस्तरीय शिक्षाका क्षेत्रमा ४५ वर्षदेखि काम गर्दै आएको बताउँदै सोही अनुसार सिंजामा विद्यालय निर्माणमा सहयोग गरिएको उल्लेख गर्नुभयो ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विस्तार गर्दै स्थानीय तह, विभिन्न दातृ निकायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन