
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवप्रवर्तन उद्यमशीलताका लागि सहयोग गर्ने भएको छ ।
चेम्बर अफ कमर्सको ‘स्टार्टअफ एण्ड इनोभेसन’ समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा नवप्रवर्तन उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गर्नुभयो । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने जनाइएको छ । यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचारप्रसार गर्ने सम्बन्धमा सहमति भएको हो ।
सम्झौता कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नवप्रवर्तन उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । युवालाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअपप एण्ड इनोभेसन समितिमार्फत काम गरिरहेको अग्रवालले बताउनुभयो ।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवालाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने