
झापा । विपदमा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले १ करोड रुपैयाँको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आवद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ दाखिला गर्नु भएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
हालसम्म ८ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाट लगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उहाँले दिनुभयो ।
‘कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ’ वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भन्नुभयो– ‘पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा १ करोड रुपैयाँ सहजै जुट्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने