
जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् । बालविकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।
हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन