
बाँके । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्री किनबेच भएको छ ।
भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताउनुभयो ।
‘प्रचारप्रसारको अभावमा कैयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्’ श्रेष्ठले भन्नुभयो, ‘यो तीज मेलाले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्नुका साथै महिला उद्यमीमा उत्साह थपेको छ ।’
मेलामा निःशुल्क प्रवेश तथा अवोलकन, तीज विशेष हस्तकला, बुटिक र मेहेन्दीका स्टल, पाल्पाको चर्चित बटुक तथा चुकाउनीसहित अन्य स्थानीय परिकार राखिएको छ । तीजको अवसरमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गरेर महिला उद्यमीमा उत्साह थप्ने उद्देश्यका साथ तीज मेला आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर केसीले बताउनुभयो ।
उद्यमशील महिलालाई प्रेरित गर्न, तीज गीतको माध्यमबाट महिलालाई उद्यमी बन्न सन्देश दिन र तीव पर्वको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीनदिने मेलाको आयोजना गरिएको उहाँको भनाइ छ ।
मेलामा २० वटा प्रदर्शनी कक्षमध्ये १४ वटामा महिला उद्यमीले उत्पादन गरेका उत्पादन राखिएका छन् । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार र प्रवद्र्धन गर्दै महिला उद्यमीबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना गरी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको केसीले बताउनुभयो ।
दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा मनोरञ्जनात्मक, सांस्कृतिक नृत्य तथा गीत सङ्गीत प्रस्तुत हुने गरेको कार्यक्रम संयोजक केसीले बताउनुभयो । बाँकेमा विगत १८ वर्षदेखि महिला उद्यमी सङ्घका नाममा महिला उद्यमी सङ्गठित हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने