
काठमाडौँ। आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन् । आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ प्रकाशन गरिएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ ।
रमेश विकल समग्र मूल शीर्षकअन्तर्गत कृतिमा उहाँका कथा, उपन्यास र नाटक गरी अलगअलग तीन वटा खण्डमा प्रकाशित भएका हुन् । विकलका कतिपय कृति नयाँ संस्करणमा प्रकाशन नगरिँदा शोधार्थी, विद्यार्थी र पाठकलाई कठिनाइ भइरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले यी कृति प्रकाशन गरेको हो ।
रमेश विकल समग्र कथा खण्डमा सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटासहित करिब एक सय ५० कथा एक हजार तीन सय ९२ पृष्ठमा विस्तारित रहेको महासचिव विजय चालिसेले राससलाई जानकारी दिनुभयो । नौ सय ४४ पृष्ठको उपन्यास खण्डमा विकलका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी छ सय आठ पृष्ठको नाटक खण्डमा यसअघिप्रकाशित चार सङ्ग्रहका साथै फुटकर प्रकाशित नौ वटा नाटक समावेश गरिएका उहाँले बताउनुभयो ।
विसं २०१६ देखि २०७५ सम्मका अलगअलग कालखण्डमा प्रयुक्त वर्णविन्याशगत विविधतालाई एकरूपता दिइ वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले यी कृतिका लागि योगदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने