
बैतडी । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवर्द्धनमा गोकुलेश्वरमा आयोजित साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागीको सहभागिता रहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयो । स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको सम्मेलनमा साहित्यका विविध पक्षमा छलफल र चर्मण्वती सभ्यताबारे जानकारी गराइएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले गङ्गादशहराको दिनलाई चर्मण्वती दिवसका रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्मेलनमार्फत चर्मण्वती सभ्यताबारे सबैलाई जानकारी दिने र चौलानी तटका पालिकालाई चर्मण्वती सभ्यतामा जोड्ने योजनाका साथ सम्मेलन आयोजना गरिएको हो, सम्मेलन उपलब्धिमूलक रह्यो ।’
सम्मेलनमा सहभागी भारतीय साहित्यकार डा पिताम्बर अवस्थीले साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सम्मेलनले साहित्यका माध्यमबाट दुई देशको सम्बन्ध विस्तार र बलियो हुनेछ, अगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।’
सम्मेलनले जारी गरेको घोषणापत्रमा चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, त्यसका लागि नीति तथा कार्यक्रम बनाउने लगायतका विषय समेटिएका छन् ।
बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सम्मेलनले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । ‘सम्मेलनले दुई देशका साहित्यकारको जमघट गराएको छ, यसले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास छ ।’
सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा पिताम्बर अवस्थी, डा अरुणप्रतापसिंह भदौरिया, गायिका भगवती दनुपुरिया, कथक नृत्यकार हेमन्त महाराजलगायतको सहभागिता थियो भने नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा, गङ्गा बिष्ट, तीर्थराज पाण्डेय, कृष्णदत्त चटौत (कान्त), पूर्ण मल्ल, प्रजापति नेगी लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने