
काठमाडौँ । कपन– बानेश्वर (कबा) साहित्यिक साप्ताहिकले ‘कबा प्रतिभा सम्मान’ चार साहित्यकारलाई प्रदान गर्ने भएको छ । साहित्यकारहरु वसन्त रिजाल, गणेश मिश्र, रुपाञ्जली चालिसे र जयराम विडारीलाई ‘कबा प्रतिभा सम्मान’बाट सम्मानित गरिने भएको छ ।
साहित्यकारहरु वसन्त रिजाल, गणेश मिश्र र रुपाञ्जली चालिसेलाई ‘कबा विशिष्ट सम्मान’ तथा साहित्यिक पत्रकार जयराम विडारीलाई ‘महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मान गरिने भएको छ ।
यसैगरी २०८० सालका गरिएका रचनामध्ये ‘नालाङ्ग कबा रचना पुरस्कार’ (पुरुषतर्फ) डा छायादत्त न्यौपानेलाई, ‘पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’ (महिलातर्फ) गङ्गा आचार्य सापकोटालाई, ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ (मोफसलतर्फ) राम आचार्य पुष्पप्रेमी (झापा)लाई, ‘भमरकोटे कबा सुशेली पुरस्कार’ सुशील आचार्यलाई तथा ‘हेमगङ्गा कबा रचना पुरस्कार’ (बालबालिका) काठमाडौँको बूढानीलकण्ठस्थित बालविकास बोर्डिङ हाइस्कुल कक्षा १० कि छात्रा अनिता तामाङलाई प्रदान गरिने भएको छ ।
‘कबा’का प्रबन्धक साहित्यकार गङ्गा पौडेल संयोजक र साहित्यकारद्वय दुर्गा अधिकारी भमरकोटे र गङ्गा खड्का सदस्य रहेको प्रतिभा चयन समितिले पुरस्कृत हुनुहुने स्रष्टाको नाम आज सार्वजनिक गरेको हो । ‘कबा’को १२औँ वार्षिकोत्सवका अवसरमा साउन ४ गते पुरस्कार प्रदान गरिने कपन– बानेश्वर (कबा) साहित्यिक साप्ताहिकका व्यवस्थापक विमल कोइरालाले जानकारी दिनुभयो । त्यही कार्यक्रममा ‘कबा साहित्यकार उपचार कोष’को घोषणा गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने