
अमेरिका । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका विभिन्न सङ्घ÷संस्थाको सहभागितामा आयोजना गरिएको कार्यक्रममा नेपालका सातवटै प्रदेशका कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै पर्यटकीय गन्तव्यको प्रदर्शनी समेत गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिमेली समुदायको सांस्कृतिक बाजा दमाहा, झाँकी र डेउडाको आकर्षण बनेको थियो । सांस्कृतिक झाँकीसहितको र्याली र बाजागाजासहित न्यूयोर्कको म्यानहाटन शहर परिक्रमा गरी समारोहको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी न्यूयोर्क सिटीका प्रमुख इरिक एडम्सले नेपाल एक पटक घुम्नै पर्ने ठाउँ रहेको बताउनुभयो । नेपालका कला संस्कृतिको बारेमा आफू जानकार रहेको बताउँदै उहाँले न्यूयोर्क सिटीलाई विविध संस्कृतिको शहर बनाउन नेपाली समुदायको समेत योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसअवसरमा अमेरिकी सिनेटर चक सुमरले उत्कृष्ट कला, संस्कृति हेर्न नेपाल घुम्नै पर्ने र कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक झाँकीबाट आफू प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली महावाणिज्यदूत विष्णु अधिकारी, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे लगायत नेपाली समुदायका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रममा न्यूयोर्कलगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवम् नेपालीमूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च तथा आदिवासी जनजाती महासङ्घको पहलमा सन् २०१६ मा शुरू भएको ‘नेपाल डे परेड’ कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने