
काठमाडौँ । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकारहरु सुनिश्चित गर्न आवश्यक कानुन र नीति निर्माणमा विलम्ब नगर्न आग्रह गर्नुभएको छ।
नील हिरा समाजद्वारा सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति जोशीले उनीहरूका संवैधानिक अधिकारलाई स्थापित गर्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार सम्बन्धी कानुनहरु निर्माणमा आफ्नो तर्फबाट सक्रिय पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य एवं कानुन तथा मानव अधिकार समिति सदस्य प्रतिक्षा तिवारीले संविधानमा कुनै पनि जाति, लिंग, क्षेत्र र धर्मका आधारमा विभेद गर्न नपाईने व्यवस्था भएकाले उनीहरुको समस्या समाधान गर्न अविलम्ब कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सिता मिजारले लोकतन्त्रमा जनताको शासन व्यवस्था हुने भएकाले लोकतान्त्रिक व्यवस्थामा नागरिकको विश्वास अडेको बताउँदै सो समुदायलाई सामाजिक न्याय प्रदान गर्न आफूले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा मन्त्रालयका प्रतिनिधिले सो समुदायका लागि भए गरेका कार्य प्रगतिको जानकारी दिँदै लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता गर्न लिंग परिवर्तनलगायतका मुद्दामा कानून निर्माणमा संसदले छिट्टै जिम्मेवारी वहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश