
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल र बासु सत्याल चयन हुनुभएको छ । महासचिवमा शेरबहादुर परियार, उपमहासचिवमा भरत प्रधान, कलश खरेल र अशिम लोप्चन चयन हुनुभएको छ । सचिवमा महिन्दो वाइवा, रमेशराज बाँस्तोला र दिनेश गौतमलाई चयन हुनुभएको छ भने कोषाध्यक्षमा इन्दिरा चाम्लिङ चयन हुनुभएको छ ।
साथै सदस्यमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दीपक भण्डारी (पोर्चुगल), विनोद अधिकारी (क्रोएसिया), दीपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा) जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राई (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल्र) अमृता राई (रोमानिया) र मनि तमु सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनमा सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको मुद्धामा नेपाली पत्रकारहरुले अहिले पनि लडाई लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाली पत्रकारिता चुप लागेर बस्ने अवस्था नरहेको उल्लेख गर्दै पोखे्रलले श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रताको लडाईमा सबै पत्रकारहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पोख्रेलले विदेशी भूमिमा रहेर पत्रकारिता गर्दा पत्रकारिताको मूल्य मान्यता र सम्बन्धित देशको कानुनलाई समेत ध्यानमा राख्न आग्रह गर्नुभयो । महासङ्घ सबै पत्रकारको साझा संस्था रहेको उल्लेख गर्दै उहाँले महासङ्घलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा समेत ब्यक्त गर्नुभयो ।
शाखा अध्यक्ष प्रेम परियारको अध्यक्षता, उपाध्यक्ष राजकुमार थापाको स्वागत तथा महासचिव द्रोण रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती, नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का अध्यक्ष सुरज भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपालका उपमहासचिव राजेश चाम्लिंग राईलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
महासङ्घका प्रतिनिधि नरेश खपाङ्गी मगर तथा महासङ्घ केन्द्रीय सचिव सृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा, सरिता बराईली, केसी लामिछाने र रिङ्कुकुमारी मिश्र गठित निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने