
बागलुङ । बागलुङ नगरपालिकाले स्थापना गरेको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम छोटाले रेग्मीलाई पुरस्कार प्रदान गर्नुभयो । नगरपालिकाले पाँच लाख रुपैयाँ अक्षयकोष स्थापना गरेपछि पहिलो पटक २५ हजार राशिको पुरस्कार रेग्मीलाई दिइएको हो ।
नेपाली भाषा साहित्य मात्र नभइ संस्कृत भाषा साहित्यका अग्रणी वीरशाली पन्तको स्मृतिमा कोष स्थापना भएको हो । पन्त विसं १८४९ मा बागलुङ नगरपालिका– ७ को गैरागाउँमा जन्मनुभएको थियो । उहाँले दर्जनौँ कविता तथा आधादर्जन महाकाव्यसमेत लेख्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले वीरशाली पन्तको स्मृतिमा पुरस्कार दिने काम मात्र नभइ वर्षभरि विभिन्न गतिविधि र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यसका लागि नगरपालिका सहयोगी भए पनि साहित्यको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले नियमित कार्यक्रममा जोड्नुपर्ने खड्काले बताउनुभयो । पुरस्कार वितरण समारोहमा नेपाली भाषा र साहित्यको विकास नहुँदै वीरशाली पन्तले दिएको योगदानलाई राज्य तहबाटै स्मरण र सम्मान गर्नुपर्ने धारणा साहित्यकारहरुले राख्नुभयो । धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा डा रामप्रसाद उपाध्याय, पुरस्कृत व्यक्तित्व रेग्मी, साहित्यकार काजी रोशन र वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठलगायतले पन्तलाई राष्ट्रिय विभूति मान्नुपर्ने बताउनुभयो ।
डा रेग्मीले पन्तको योगदानको राष्ट्रिय चर्चा नभएको बताउनुभयो । ‘काठमाडौँ वा अन्य सहरी क्षेत्रमा जन्मेको भए वीरशाली पन्तको नाउँमा राजमार्ग बन्न सक्नथ्यो’ रेग्मीले भन्नुभयो– ‘हामीले सम्झने अवसर पायौँ तर अझै मेहनत गरेर उहाँलाई चिनाउनुपर्छ ।’
रेग्मी पर्वतको जलजला गाउँपालिका निवासी हुनुहुन्छ । नेपाली भाषा र साहित्यमा रेग्मीको पनि योगदान छ । रेग्मीले दर्जनबढी साहित्यिक, खोज तथा अन्वेषणका कृति प्रकाशित गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने