
काठमाडौँ । शुक्रबार काठमाडौँको भद्रकालीमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जना आन्दोलनकर्मीलाई नियन्त्रणमा लिएको छ । सरकारले माइतीघमा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको विरोधमा नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।
बृहत् नागरिक आन्दोलनका नाममा शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू र मृतक आरती साहका पक्षधरहरूले प्रदर्शन गरेका थिए । उनीहरूले रत्नपार्कबाट र्याली निकालेर भद्रकाली पुगेका थिए। त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो। त्यसयता शान्तिबाटिकामा प्रदर्शन हुँदै आएको छ। तर यसरी प्रदर्शन गर्ने ठाउँहरूमा निषेधित क्षेत्र तोकेर वाक स्वतन्त्रता हनन भएको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने