
काठमाडौँ। लेखक डा पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गर्नुभएको हो ।
सोही कार्यक्रममा डा राईका अन्य कृतिहरु कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ पनि लोकार्पण गरियो ।
मन्त्री किरातीले लेखक डा राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गर्नुभयो । “नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन् । लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताउनुभयो ।
अनलाइन अभिलेख प्रालिद्वारा प्रकाशित उक्त कृतिमा प्रा डा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा भक्त राईले समालोचना गर्नुभयो ।
नेपाल एयरलाइन्समा कार्यरत लेखक डा राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गर्नुभयो ।
“डरका विम्बहरु, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहाली हो”, उहाँले आफ्नो दैनिकी ‘डरका विम्ब’बारे भन्नुभयो, “म पनि हजारौँ मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखि जान्ने, सुनी जान्ने साक्षी हो ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने