
ललितपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्नुहुँदै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताउनुभयो ।
“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ । यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भन्नुभयो, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ । विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्याैँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ ।” उहाँले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।
उपसभापति खड्काले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउनुभयो । उहाँले महासमिति बैठकले एकताको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रिय हितका पक्षमा पार्टी सधैँ क्रियाशील रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा भएको कमजोरीलाई सुधार र परिमार्जन गर्दै समृद्धितर्फ देशलाई लैजाने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।
कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “कांग्रेस सिद्धान्तमा स्पष्ट र विचारमा प्रष्ट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
उपसभापति गुरुङले गरिबीको रेखामुनि रहेका सबै नेपालीलाई नाना, खाना र छानाको व्यवस्था गर्ने गरी कांग्रेस आगामी दिनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । लाभका पदमा पुगेका सबैको सम्पत्ति छानविन गर्ने कुरा व्यवहारमा उतारिनुपर्ने उहाँको भनाइ थियो । जनताको भावनालाई छुने गरी पार्टीले मार्गचित्र तय गर्नुपर्ने उपसभापति गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने