
बारा । सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीचको झडपमा गोली लागेका नगरपालिकाको वडा नम्बर १ का २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको हो ।
मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडीमा एक समूहले तोडफोड गरेपछि झडप भएको थियो ।स्थिति नियन्त्रण गर्नेक्रममा मुखियालाई प्रहरीले चलाएको गोली लागेको हो।
मुखियाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गर्नु भएको छ । झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रजिअ मैनालीका अनुसार झडपमा १० जना प्रहरी समेत घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने