
काठमाडौंँ । सत्तारुढ ठूलो दल नेपाली कांग्रेसको डा शेखर कोइराला–गगन थापा समूहले छुट्टै भेला गरेको छ । सरकारको गतिविधि र पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहले बुधबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला गरेको हो ।
कांग्रेस नेता कोइरालाले गठबन्धन सरकारमा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल हावी भएको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ । कांग्रेस नेता कोइरालाले सरकारले नेकपा माओवादी एजेण्डा मात्रै लागू गर्न खोजिरहेको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने चेतावनी समेत दिँदै आउनुभएको छ । यही परिवेशमा शेखर–गगन समूहले भेला आयोजना गरेको हो । भेलामा शेखर–गगन समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् । भेलामा आसन्न महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल हुने सहभागी नेताहरुले जानकारी दिएका छन् । कांग्रेसले विभिन्न कारण देखाएर महासमिति बैठक पटक पटक सार्दै आएको छ ।
महासमिति बैठक पछिल्लो पटक जाजरकोट भूकम्पलाई कारण देखाएर सारिएको छ । महासमिति बैठक सार्ने तयारी गरेको छ। असोज र कात्तिक अन्तिममा महासमिति बैठक गर्ने भनिए पनि हुन सकेन। भदौ ६ गते बसेको केन्द्रीय समितिको बैठकले महासमितिको बैठक मंसिर १३ देखि १५ सम्म काठमाडौंमा गर्ने निर्णय गर्यो। फेरि कात्तिक १७ गते बसेको कार्यसम्पादन समितिको बैठकले जाजरकोट भूकम्प, केही स्थानमा महासमिति सदस्य टुंगिन बाँकी रहेको जस्ता कारण देखाउँदै महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको थियो । अहिले फेरि जाडो बढेको, राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसले महासमिति बैठक सार्ने तयारी गरेको छ। भेला यसबारे पनि गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् । माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । भेलामा त्यसबारे पनि छलफल हुने भएको छ ।
कांग्रेसमा शेखर–गगन समूह सभापति शेरबहादुर देउवाले कतिपय अवस्थामा एकलौटी निर्णय गर्दै आएको भन्दै त्यसविरुद्ध लाग्ने गरेको छ । त्यसको लागि यो समूहले विभिन्न पटक छुट्टै भेला गर्दै आएको छ । यसअघि लामो समयदेखि यो समूहको छुट्टै भेला हुन सकेको थिएन । यो समूहले गएको वर्ष माघमा पनि यस्तै भेला आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने