
पोखरा । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई प्रदान गरिएको छ ।
३३ हजार ३ सय ३३ राशिको पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्त रूपमा शेरचनलाई प्रदान गर्नुभयो । पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गर्नुभएको पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो ।
मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याए बापत उहाँलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिनुभएको छ । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् ।
मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ । २०६८ सालदेखि हरेक दुई वर्षको अन्तरमा पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने