
दोलखा । साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको शैलुङमा ‘कविता यात्रा’ आयोजना हुनेभएको छ । दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु३दिनका लागि दोलखा आउनु हुनेछ । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते शैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी शैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नुहुनेछ ।
सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुुङ गाउँपालिका–८ शैलुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा शैलुङको प्रचारप्रसारमा कलम चलाउनेछन् । यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गर्नुभएको हो ।
कार्यक्रमले दोलखाको शैलुङ लगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ । कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने