
काठमाडौँ । प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश गर्नुभएको छ ।
बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गर्नुभएको हो । अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेश गर्नुभएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले