
काठमाडौँ । नेपालको न्याय प्रणालीमा पहिलो महिला प्रधान न्यायाधीश हुनुभएकी सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ ।
प्रधानन्याधीशबाट अवकाश लिएको करिब ८ वर्षपछि कार्कीले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाउनु भएको हो ।
मुलुकमा ब्याप्त राजनितिक बितृष्णाबीच युवा पुस्ताले चलाएको जेन जी आन्दोलनले केपी ओली नेतृत्व ढालेपछि तिनै जेन जीको चाहनामा कार्कीलाई सरकार प्रमुख बनाइएको हो ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीलाई नेपालको पहिलो महिला सरकार प्रमुख बन्ने अवसर मिलेको हो । उहााले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको नाम लेखाउनु भएको छ ।
अन्तरिम सरकारको जिम्मेवारी पाउनुभएकी कार्कीले अब मुलुकलाई नयाँ नेतृत्व दिने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह