
काठमाडौँ । फेब्रुअरी ८ देखि क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र फेब्रुअरी १५ देखि शुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गर्नुभएको छ । क्यानडाविरुद्धको सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाएका छन् भने लिग-२ को टिममा सिनियर खेलाडीको वाहुल्यता छ । दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक गरिएको छ ।
नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २४ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग -२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।
क्यानडा सिरिजका लागि नेपालका यू-१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोलीमा रहेका छन् । त्यस्तै बागमती प्रदेशका बायाँ हाते बलर रिजन ढकाल पनि टोलीमा छन् । पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् ।
क्यानडा सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ । त्यस्तै त्रिकोणात्मक सिरिजका लागि भने रिजन ढकाल टोलीमा कायम छन् । अर्जुन साउद १५ सदस्यीय टोलीमा दोस्रो विकेटकिपरको रुपमा रहँदा अनिल वैकल्पिकमा छन् । प्रतिस जिसी, देव खनाल र विवेक यादव पनि वैकल्पिक सूचीमा नै छन् ।
क्यानडा सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह
लिग २ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल
वैकल्पिक : प्रतिस जिसी, देव खनाल, अनिल शाह, विवेक यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले