
काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहका जग्गा धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैङ्किङ कसुर मुद्दामा तीन वर्ष कैद तथा रु चार करोड जरिवानाको फैसला अदालतले गरेको थियो ।
निजलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआईबीका प्रवक्ता अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले