
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादले महत्वपूर्ण योगदान गरेकोे बताउनुभएको छ ।
पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले लेख्नुभएको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै उहाँले कम्युनिष्ट सिद्धान्तलाई लोकतान्त्रिक बनाउन ‘जबज’ ले प्रेरित गरेको बताउनुभयो ।
जनताद्वारा अनुमोदित भएर शासन सञ्चालन गर्ने, कार्यकर्ताबाट निर्वाचित भएर पार्टीको नेतृत्व गर्ने पद्धतिबाट निरङ्कुशताको अन्त गर्न सकिने विशेषता ‘जबज’ मा पाइने उहाँको भनाइ थियो ।
आफ्नो पार्टीले जबजलाई छोड्न नसक्ने बताउँदै अध्यक्ष नेपालले त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेकाले महाधिवेशनमा थप छलफल गरिने प्रस्ट पार्नुभयो ।
पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने, विधानलाई बलियो बनाउने काम हामीले गरेका छौँ ।”
अध्यक्ष नेपालले मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुसालले समाजवादी क्रान्तिको कार्यभार पूरा गरी देशलाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा बताउनुभयो । सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जबजलाई संरक्षण गरी आर्थिक सशक्तिकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यमान विसङ्गतिको अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले