
काठमाडौँ । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो ।
बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यसैगरी राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनसमक्ष प्रस्तुत गरिने पार्टीका प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिनुभयो ।
मार्गचित्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभालागि प्रत्यक्ष निर्वाचित तथा राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था र केन्द्र तथा स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने