
म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान कार्यक्रममा नेता पौडेलले विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका बताउनुभयो ।
‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुननसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ’ उहाँले भन्नुभयो । नेता पौडेललेविकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते