
काठमाडौँ । सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार कुटपिट तथा दुर्व्यवहारमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडाौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ ।
उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाइ छ । प्रवक्ता गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौँको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो ।
यो घटना गत मंसिर ११ गतेको भएको प्रवक्ता गिरीले जानकारीदिनुभयो । ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई कुटपिट गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमा चर्चामा थियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको माग गरेका छन् । भिडियोमा ट्राफिक प्रहरीले बुटले अनुहारमा हान्दै कागजपत्र फालेर दुर्व्यवहार गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने