
काठमाडौँ । चौत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप १० जनालाई रिहा गरिएको छ । भाटभटेनीमा लुटपाट गर्ने सहित थप १० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जबरा सहित ११ जनालाई रिहा गरिएको थियो ।
रिहा भएकाहरू चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले गरेको प्रदर्शनमा सहभागी थिए ।
रिहा हुनेमा चित्रमाया बसेल, सस्मिता बराल, देव बहादुर थापा मगर, राज ठाकुर, प्रसिद्ध मल्ल, नविन ढकाल, आलोक पराजुली, वरुण यादव, रञ्जित बस्नेत, डा. धवल शमशेर जबरा, ईरफान खान, गणेश बहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, शरुन थापा, गणेश प्याकुरेल, स्टन लामा, एलिसा राई, भविन्द बिसी, आशिक कुमार महतो र गोविन्द राय हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने