
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले आफ्नो वैधानिक औचित्य गुमाइसकेको भन्दै एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको दाबी गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेर माओवादी केन्द्रले यस्तो टिप्पणी गरेको हो।
‘वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर वैधानिक रुपमा औचित्य गुमाइसकेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले भन्नुभयो, ‘यसअर्थमा आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रुपमा असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन।’
माओवादी केन्द्रले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत रहेको भन्ने पुरानै टिप्पणी दोहोर्याएको छ । यसैगरी वर्तमान सरकारले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको पनि प्रवत्ता सापकोटाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने