
काठमाडौँ । पूर्व शिक्षामन्त्री शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न सम्भव नभएको बताउनुभएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको भन्दै खनालले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोगबिना माग पूरा गर्न सम्भव नभएको स्पष्ट पार्नुभएको छ ।
रास्वपा सांसद समेत रहेका खनालले अहिले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाएको आरोप लगाउनुभएको छ । शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेजस्तो भएको उहाँको टिप्पणी छ।
उहाँले लेख्नुभएको छ, ‘आन्दोलनरत शिक्षकहरूका धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन।’
तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने